खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



भिडियो कलिङको फ्यूचर, टाढा भएको मान्छे समेत सामुन्ने उभिएर बोल्नेछ


 संवाददाता   January 14, 2024   61 जनाले पढ़िसके




काठमाडौँ । लास भेगासमा आयोजित कञ्जुमर इलेक्ट्रोनिक शो (सीईएस) २०२४ मा कयौँ खालका प्रविधि हेर्न पाइयो । शोमा नेदरल्यान्डको प्रविधि कम्पनी होलोकनेक्ट्सले गज्जबको प्रविधि प्रदर्शन गरेको थियो । यसले भिडियो कलिङको भविष्य बदल्न सक्ने बताउन थालिएको छ । मान्नुस् तपाई घरमा एक्लै हुनु हुन्छ । तपाईँको सामुन्ने कुराकानी अचानक कोही प्रकट भयो भने के गर्नु हुन्छ ?

होलोकनेक्टको होलोबक्सले हाम्रो यो कल्पनालाई साकार पारिदिएको छ । कम्पनीले एउटा डिभाइस बनाएको छ । जसमा ८६ इञ्चको ट्रान्सप्यारेन्ट स्क्रिन छ । यसमा एड्भान्स सफ्टवेयर र हार्डवेयर कम्पोनेन्ट पनि छ । यो डिभाइसले हाई डेफिनेशन फोरकेमा थ्रीडी होलोग्राम बनाउँछ । यसलाई संसारको जुनसुकै कुरामा प्रोजेक्ट गर्न सकिने बताइएको छ । यसका लागि तपाईँसँग इन्टरनेट कनेक्शन र होलोबक्स चाँहि हुनु पर्छ । जो व्यक्ति होलोग्रामको रुपमा होलोबक्सभित्र देखिन्छन्, उनीसँग पनि आफैंलाई रेकर्ड गर्न फोरके क्यामरा हुनु पर्छ ।

यसबाहेक प्रकाशको राम्रो व्यवस्था भएको हुनु पर्छ । उभिन सकिने सेतो ब्याकग्राउन्ड पनि चाहिन्छ । ‘हामीहरुले एक निकै परिस्कृत डिस्प्ले प्यानलको उपयोग गरेका छौँ । हामीसँग यसको डेप्थ पनि छ, यसले वास्तवमा थ्रीडीको फिल दिन्छ,’ रोयटर्ससँगको कुराकानीमा होलोकनेक्टका प्रवन्ध निर्देशक स्टीभ स्टर्लिङले भने । वास्तविक इमेजलाई थ्रीडि रुपमा दिन सकियोस् अनि बाइटनेस दिन र ब्याकग्राउन्डलाई अलग गर्न टप र साइडमा १ लाख ५० हजार लुमेन्स लाइटको प्रयोग गरिएको छ ।

 

समाजमा पछिल्लो समय बढिरहेको एक्लोपनको समस्या निवारणमा यो उपकरण उपयोगी हुने आशा कम्पनीको छ । कोभिडको महामारीबाट बाहिर आएपछि मान्छेहरूमा एक्लै बस्ने बानी बढ्यो । केहीलाई यसरी एक्लै बस्न आरामदायक पनि लाग्न थालेको छ । तर यो राम्रो कुरा होइन । यस्तोमा मानवीय कनेक्शन उपलब्ध गराउन कम्पनीले यो प्रविधिको विकास गरेको बताइएको छ । ८६ इञ्चको होलोबक्सको हार्डवेयरको लागत ४० हजार डलरदेखि ५० हजारबीच रहेको कम्पनीले बताएको छ । होलोबक्स मिनीको मूल्य पनि ७ हजार डलरदेखि १० हजार डलर रहेको छ । एजेन्सी