खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैं ब्यहोर्ने


 संवाददाता   May 2, 2023   270 जनाले पढ़िसके




१९ बैशाख २०८०, मंगलबार
फाइल तस्बिर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफैं ब्यहोर्ने घोषणा गर्नुभएको छ ।
सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गर्नुभएको हो ।
राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार दिउँसो वक्तव्य निकालेर राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिनुभएको हो ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो ।
उपचारपछि राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्किनु भएको थियो ।