खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त


 संवाददाता   May 26, 2019   723 जनाले पढ़िसके




काठमाडौँ, जेठ ११ । नेपाली सेनाका प्रमुख सेनानी केशवराज कार्की भ्रष्टचारको आरोपमा बर्खास्त भएका छन् ।
गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको ठहर भएपछि उनलाई समरी जनरल सैनिक अदालतले भविष्यमा अयोग्य नठहरिने गरी तीन महिनाको कैद र बिगोसहितको फैसला गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
प्रमुख सेनानीकार्की कालिसिद्धी गण उदयपुरका प्रमुख हुन्। कार्कीले राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र गणको गरी कूल ४९ लाख २९ हजार ८ सय ८९ रुपैयाँ हिनामिना गरेको अदालतले ठहर गरेको छ।
सहायक रथी हिमांशु खड्काको अध्यक्षतामा रहेको अदालतले प्रमुख सेनानी कार्कीविरुद्ध उक्त आदेश दिएको हो।