खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



इन्टरपोलबाट रेड नोटिस जारी भएका चार जना फरार प्रतिवादी पक्राउ


 संवाददाता   December 21, 2023   133 जनाले पढ़िसके




 

काठमाडौं :  इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरुको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका चार जना फरार प्रतिवादीलाई पक्राउ गरी यसै हप्ता नेपाल फिर्ता ल्याउन नेपाल प्रहरी सफल भएको छ । नेपाल ल्याइएका मध्ये यूएईको दुबईबाट ३ जना र कुवेतबाट १ जना रहेका छन् ।

विद्युतीय कारोबारको कसूरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठान सरूमारानी गाउँपालिका-१ का ३३ वर्षीया सगीर अहमदलाई बुधबार नेपाल फिर्ता ल्याइएको छ । अनुसन्धानको क्रममा यूएईमा रहेको खुल्न आएका अहमद विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत भदौ २० गते रेड कर्नर नोटिस जारी भएकोमा उक्त शाखाबाट खटिएको प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको हो । उनलाई सम्बन्धीत कसूरमा आवश्यक कारवाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको छ ।

यसैगरी जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका स्याङजा वालिङ नगरपालिका-११ भोर्लेका ३५ वर्षीय गोपाल बुढाथोकी भन्ने याम बहादुर बुढाथोकीलाई बुधबार नेपाल फिर्ता ल्याइएको छ । अनुसन्धानको क्रममा यूएईमा रहेको खुल्न आएका बुढाथोकी विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत भदौ २०७९ जेठ १८ गते रेड कर्नर नोटिस जारी भएकोमा उक्त शाखाबाट खटिएको प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको हो । उनलाई सम्बन्धीत कसूरमा आवश्यक कारवाही गराउने कार्य प्रकृयामा रहेको छ ।

यसअघि जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामालाई कुवेतबाट मंगलबार र ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका सर्लाही साबिक जानकीनगर गाविस-७ का कोमल राज उपाध्यायलाई यूएईको दुबईबाट पक्राउ गरी मंसिर २९ गते नेपाल फिर्ता ल्याइएको थियो ।

 

 

 

 

योजनावद्ध स्मार्टसिटीहरूको निर्माण गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड