खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



लगानी सम्मेलनमा विश्वका ५५ भन्दा धेरै देशबाट १६ सयभन्दा बढी सहभागी हुने


 संवाददाता   April 27, 2024   77 जनाले पढ़िसके




काठमाडौँ । सरकारले यही वैशाख १६ र १७ गते आइतबार र सोमबार लगानी सम्मेलनको आयोजना गर्दैछ । दुई दिनसम्म चल्ने तेस्रो लगानी सम्मेलनमा विश्वका ५५ भन्दा धेरै देशबाट १६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने लगाानी बोर्डको कार्यालयर्ले जानकारी दिएको छ ।   बोर्डले विश्वभरका २४ सयभन्दा बढी लगानीकर्तालाई सहभागिताको निम्तो दिएको थियो । त्यसमध्ये १६ सय जना सहभागी हुने भएका हुन् ।   लगानी सम्मेलनमा नेपालबाट ३८५ जना लगानीकर्ता सहभागी हुने बोर्डको कार्यालयले जनाएको छ । यस्तै चीनबाट २६५ जना र भारतबाट १४३ जना सहभागी हुने बताइएको छ ।   आजसम्म बोर्डले तयार पारेको सूचीअनुसार सम्मेलनमा अमेरिकाबाट ३३ जना लगानीकर्ता आउँदै छन् । जापानबाट २८ जना सहभागी हुनेछन् भने बेलायतबाट १४ जना र बंगलादेशबाट १३ र संयुक्त अरब इमिरेट्सबाट समेत १३ जना आउनेछन् । यसबाहेक जर्मनीबाट १० जना आउने बताइएको छ ।