खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



रमेश लेखक कांग्रेसको मुख्य सचेतकमा


 संवाददाता   January 3, 2023   726 जनाले पढ़िसके




पुस १९, २०७९ मंगलबार

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनीत हुनुभएको छ । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले आज मङ्गलवार लेखकलाई मुख्य सचेतक पदमा मनोनीत गर्नुभएको हो ।

सभापति देउवाले पार्टीको ससंदीय दलको विधानअनुसार नेता लेखकलाई मुख्य सचेतकमा मनोनित गर्नुभएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

लेखक कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुनुहुन्छ ।