खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने


 संवाददाता   April 26, 2024   181 जनाले पढ़िसके




मोरङ । पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।
लामो समयदेखि विभिन्न क्षेत्रमा गएर फुटबल प्रतियोगितामा सहभागिता जनाउदै आएको पथरी—११ फुटबल क्लवले आफ्नो आयोजनामा जेठ १२ देखि २१ गतेसम्म ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता—२०८१’ हुन लागेको हो ।
आयोजक पथरी—११ ले हिजो बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । प्रतियोगितामा ‘ए’ डिभिजनको चारसहित ९ र भारतको एक गरी जम्मा १० वटा टिम सहमागीता हुने आयोजक समितिको संयोजक सुमन बिकले बताए ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमस ४ र २ लाख नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिको सचिव मणि लुम्फुवा लिम्बुले बताए ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश खड्का, स्थानीय युवा नेता विक्रम लिम्बू, समाजसेवी गीतकार गणेश थक्लुङ लिम्बूले शुभकामना दिएका थिए ।
पत्रकार सम्मेलनमा पथरीशनिश्चरे नगरबाट खेलकुदको बिकास गर्दै ‘ए’ भिडिजन क्लवमा खेलिरहेका फुटबलर साइमन लिम्बू, मिन धिमाल, पूर्ब खेलाडीहरु जोन सुब्बा, आयोजक समितिको कोषाध्यक्ष ताईवान राई, रोशन पराजुली, रोशन मादेम्बा लगायतको उपस्थिति रहेको थियो ।
गोल्डकप सम्पन्न गर्न ४० लाख ८५ हजार अनुमानि आम्दानी र खर्च विवरणसमेत प्रस्तुत भएको छ । पथरीमा यस अघि दुई वटा गोल्डकप फुटबल प्रतियोगिता र दुई वटा पथरीशनिश्चरे नगर स्तरीय फुटबल प्रिमियर लिग भएको थियो ।