खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई


 संवाददाता   May 27, 2023   241 जनाले पढ़िसके




काठमाडौं । श्रीच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को उपाधि हात पारेकी छन्

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले प्रधानलाई ताज लगाइदिएकी थिइन् । शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि हात पारेकी हुन् ।

फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएको छ ।

२३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।