खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



तामाङ्ग घेदुङ्ग प्रदेश न: १ ले, बृहत ल्होछार सास्कृतिक कार्यक्रम गर्ने


 संवाददाता   January 17, 2023   575 जनाले पढ़िसके




माघ ०३ मंगलबार। पथरीशनिश्चरे
तामाङ्ग घेदुङ्ग प्रदेश कार्यसमिति प्रदेश न: १ ले बृहत ल्होछार सास्कृतिक कार्यक्रम २०७९ एवम ताम्बा, बोन्बो, महिला सस्कृतिक घेदुङ्गको प्रथम अधिबेशन आउदो माघ ६ गते शुक्रबार गर्ने भएका छन्।

२८५९ औ सोनाम ल्होछार घर-घरमा मनाऔ ह्युलबाङ्ग “गे” दिम निर्माणको लागि आर्थिक सहयोग गरौ भन्ने मूल नाराको साथ तामाङ्ग घेदुङ्ग प्रदेश कार्यसमिति प्रदेश न: १ ले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो।

पथरीशनिश्चरे ०७ लामटोलमा तीव्रगतिमा निर्माण भईरहेको प्रदेश न: १ को तामाङ्ग सस्कृति भवनको सभा हलमा सो कार्यक्रमलाई भव्य-सभ्य रुपमा समापन गर्ने तामाङ्ग घेदुङ्ग प्रदेश कार्यसमितिका अध्यक्ष रेख बाहादुर तामाङ्गले बताउनु भयो।

तामाङ्गका अनुसार कार्यक्रममा प्रदेश न: १ को १४ वटा जिल्ला तथा पालिकाबाट तामाङ्ग घेदुङ्गका प्रतिनिधि, ताम्वा ,गान्वा सहित तामाङ्ग महिला घेदुङ्गका प्रतिनिधहरुको उपस्थित रहनेछ साथै अधिबेशनबाट नया नेतृत्वको समेत चयन हुनेछ कार्यक्रमलाई थप मनोरंजन दिलाउनको लागि तामाङ्ग सास्कृतिक घेदुङ्गका कलाकारहरुको तर्फ़बाट बृहत सास्कृतिक कार्यक्रम पनि हुने अध्यक्ष तामाङ्गले बताउनुभयो।

अहिले निर्माणाधीन (ह्युलबाङ्ग “गे” दिम) तामाङ्ग सस्कृति भवनको १ तला सम्म ८०% कार्य समपन्न भईसकेको भवन निर्माण समितका अधक्ष्य एवं तामाङ्ग घेदुङ्ग पथरीशनिश्चरेका अधक्ष्य लाक्पा तामाङ्गले बताउनु भयो।

(ह्युलबाङ्ग “गे” दिम) तामाङ्ग सस्कृतिक भवनलाई निवर्तमान प्रदेश सांसद सुयार्मा राज राई र सांसद एवम वन वातावरण तथा भू-संरक्षण माननीय मन्त्री शेखर चन्द्र थापाले विनियोजित गर्नु भएको बजेटमा उक्त भवनको निर्माण भएको हो।