खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन


 संवाददाता   May 26, 2019   1002 जनाले पढ़िसके




काठमाडौं, जेठ १० । काठमाडौंस्थित मुलुककै पुरानो विद्यालय दरबार हाइस्कुलको पुनःनिर्माण १० महिनामै सम्पन्न भएको छ ।
शुक्रबार एक कार्यक्रमबीच चीनका लागि नेपाली राजदूत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको विद्यालय चीन सरकारको सहयोगमा निर्माण गरिएको हो ।
चिनियाँ सहयोगमा सुरु गरिएका २५ आयोजनामध्येको यो एक हो ।
२० महिनामा निर्माण सक्ने लक्ष्य राखेर २०७५ साल साउन १८ गतेबाट दरबार हाईस्कुलको पुनःनिर्माण समयभन्दाअघि नै सकिनु उत्साहजनक भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । यस्ता आयोजनाबाट नेपालीले सिक्ने अवसर पाएको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदूत यान्छीले चीन सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणको कामलाई उच्च महत्वका साथ अघि बढाएको जानकारी दिइन्। उनले सो दरबार हाईस्कुलको मुख्य भवनको बाँकि काम पनि छिट्टै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
८० करोड रुपैयाँको लागतमा निर्माण भएको भवन ९ रोपनी ३ आना जग्गामा फेलिएको छ । भवन ४६ कोठे ४ तल्ले भवनको बाहिरीस्वरुप पुरानै भएपनि भित्री बनावट पहिलेकोभन्दा केही फरक छ ।
१६६ वर्ष पुरानो दरबार हाइस्कुल नेपालको पहिलो विद्यालय हो । भवनमा आउदो मंसिरबाट पठनपाठन शुरु हुनेछ ।