खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



तेमाल गाउँपालिकामा १ करोड ८० लाखको तेमाल रंगशाला बन्दै,अध्यक्ष चन्द्रले गरे शिलान्यास


 संवाददाता   May 14, 2023   351 जनाले पढ़िसके




 

 

 

काभ्रे । तेमाल गाउँपालिकाको गौरवको योजना तेमाल रंगशालाको प्याराफिट शिलान्यास भएको छ । आइतबार गाउँपालिकाको अध्यक्ष चन्द्र बहादुर तामाङको प्रमुख आतिथ्य र र उपाध्यक्ष दलमान थोकरले विशिस्ट आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी प्याराफिटको शिलान्यास गरिएको हो ।

 

 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाको अध्यक्ष तामाङले खेलकुद क्षेत्रमा तेमालकै गौरवको योजना भएकोले तोकिएको समय सिमा भित्र नै निर्माण कार्य सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन् । प्रदेश स्तरीय रंगशालाको रुपमा स्थापना हुन लागेको तेमाल रंगशालालाई प्रदेशकै नमुना रंगशाला निर्माण गर्न लागेको तामाङले दावी गरे ।

 

 

राहुल कान्सट्रक्शनले निर्माणको जिम्मा लिएको सो आयोजना असार १५ भित्रमा सम्पन्न हुनुपर्ने गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए । उनका अनुसार सो आयोजनाको लागि प्रदेश सरकार र गाउँपालिका सरकारले १ करोड ८० लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।

 

 

शिलान्यास कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष तथा प्रवक्ता इन्द्रलाल तामाङ, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकाल, लेखा अधिकृत सूर्य त्रीपाठी, प्रमुख इन्जीनियर रामप्रसाद पौडेल, लामा गुरुहरु, स्थानीयको बाक्लो उपस्थिति थियो ।