खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



सि नेपालद्वारा बालबालिकालाई आधारभूत सामाग्री वितरण, सांसद लामाले शैक्षिक क्षेत्रको समस्यालाई समाधान गर्ने


 संवाददाता   January 8, 2023   344 जनाले पढ़िसके




काभ्रे । बाग्मती प्रदेशसभा सदस्य तीर्थ लामाले शैक्षिक क्षेत्रमा भएका समस्यालाई तत्काल समाधान गर्न पहल गर्ने बताएका छन् ।

सामाजिक संस्था सि नेपालद्रारा तेमालमा आइतबार आयोजित बालबालिकाहरुलाई आधारभूत सामाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति समेत रहेका सांसद लामाले सो कुरा बताएका हुन् ।

लामाले शिक्षा जस्तो संवेदनशील क्षेत्रलाई कुनै पनि शिक्षक , अभिभावक र अध्ययनरत सबैले खेलवाट नगरी गहन रुपमा लिएर अगाडी बढ़न सबैलाई आग्रह गरेका छन् । विश्वको जति बिकसित देशहरु छन् त्यो सबै शैक्षिक चेतनाका कारणले भएको दावी उनले गरे ।

` नेपालको शैक्षिक प्रणाली केवल सैद्धान्तिक, घोगन्तेमा मात्र सिमित रहेको छ´- उनले भने `अबको शैक्षिक कार्य ब्यवहारीक , गुणस्तर र वैज्ञानिक बनाउनुपर्छ ।´

जनताको समस्यालाई आफ्नै समस्या झैँ गरेर शिक्षा, स्वास्थ्य, खानेपानी र सड़क निर्माण कार्यलाई अगाडि बढाउन सक्दो प्रयास गर्ने उनको भनाइ छ । लामाले सि नेपाललाई धन्यवाद ब्यक्त गर्दै काभ्रेका ग्रामीण क्षेत्रका बालबालिकाको पहिचान गरी यो जाडो मौसममा सक्दो सहयोग गर्न आग्रह समेत गरे । संस्थाले ३५० बालबालिकालाई जाडोबाट बच्न जुत्ता तथा अन्य आधारभूत सामाग्रीहरु वितरण गरेको छ ।


कार्यक्रममा संस्थाको अध्यक्ष स्मिता मोक्तान, तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा, वडा नं ३ का वडा अध्यक्ष, समाजसेवी राम लामा लगायतका अन्य विभिन्न अतिथि,बालबालिका र स्थानीयहरुको उपस्थिति रहेकोे थियो ।