खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



फेरी कोरो’ना बाट बेलायतमा पोखराकी पुष्पा घलेको मृ’त्यु


 संवाददाता   April 16, 2020   519 जनाले पढ़िसके




४ बैशाख २०७७,
बिहीबार लन्डन ।
शनिवार लण्डनमा बितेकी पुष्पा घलेको नि’धन को’रोना संक्रमणबाट भएको जानकारी परिवारले दिएको छ ।यसअघि पुष्पा घलेको नि’धन ‘को’भिड १९’ बाट भएको समाचार प्रकाशित गरेको थियो जसप्रति उनको परिवारले आ’पत्ति जनाउँदै उनको मृ’त्यु ह्’दयघातबाट भएको दा’बी गरेको थियो । तर विहीबार परिवारले उनको मृ’त्यु को’रोनाबाट भएको पुष्टी गरेको छ ।पोखरा घर भई हाल सडवरी टाउन बस्दै आएकी ३९ वर्षीय पुष्पा घले एक केयर होममा काम गर्दै आएकी थिइन् ।

स्वर्गीय घले श्रीमान, छोरासँग लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन् । उनको श्रीमान पनि को’रोना संक्रमणपछि अस्पताल भ’र्ना भएका थिए र अहिले डि’स्चार्ज भएका छन् । उनीहरुको छोरा करीव ९ महिना उमेरको छ ।उनी विगत १० वर्षदेखि युएनआरसी नेपलिज चर्च वेम्व्लीकी सदस्य थिइन् । उनको अ’न्त्येष्ठी सो चर्चबाट गरिने चर्चका सिरेन सुनुवारले जानकारी दिए । स्रोत सिधाकुरा