खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



चुनावको मुखमा केजरीवाल समातिएपछि अब के होला ?


 संवाददाता   March 22, 2024   114 जनाले पढ़िसके




नयाँ दिल्ली । रक्सी घोटाला मामिलामा बिहीबार प्रवर्तन निदेशालयले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केजरीवालले गएको रात पूरै ईडीको मुख्यालयमा बिताए । ईडीसमक्ष पेश हुने मामिलामा दिल्ली हाई कोर्टले केजरीवाललाई अन्तरिम राहत नदिने फैसला गरेको केही घण्टामै केजरीवाल पक्राउ परेका थिए ।

यो घोटालामा केजरीवाललाई ईडीले सोधपुछका लागि ९ पटक सम्म बोलाएको थियो । तर उनी अटेरी भएर बसिरहे । मदिरा नीति घोटाला मामिलामा आम आदमी पार्टीका अहिलेसम्म चार शीर्ष नेतालाई ईडीले समातिसकेको छ । यस अघि सत्येन्द्र जैन, मनीष सिसोदिया, संजय सिंह पक्राउ परेका थिए । अहिले केजरीवाल पनि समातिएपछि आपमा नयाँ नेतृत्व खडा गर्नै मुस्किल भएको छ ।

भारतमा आगामी महिना लोकसभाको निर्वाचन हुँदैछ । यो निर्वाच्नमा २३ सिटमा आपले आफ्नो उम्मेदवार उठाएको छ । यस्तोमा पार्टीसामु ठूलो राजनीतिक सङ्कट खडा भएको छ । आपले दिल्ली, पञ्जाब, हरियाण, गुजरात र असममा आफ्नो उम्मेदवार उठाएको छ ।

यस पटकको लोकसभा चुनावमा इन्डिया ब्लकमा आप महत्त्वपूर्ण हिस्सेदार हो । तर केजरीवाल पक्राउ परेपछि दलको रणनीति देखि प्रचारमा समेत स्टार प्रचारक उपस्थित नरहने अनि सारा चुनावी अभियानमा ग्रहण लाग्ने सम्भावना बढेको छ । पार्टीले यतिबेला लोकसभाको साथसाथै विधानसभाको चुनावको पनि तयारी गरिरहेको थियो । यसमाथि पनि सङ्कट मडारिएको छ । मनीष सिसोदियाले एक वर्ष देखि जमानत पाएका छैनन् । केजवरीवालसँग पनि यस्तै भयो भने दिल्लीको विधानसभा निर्वाचनबाट उनी टाढिन सक्नेछन् ।

केजरीवालले जेलबाट सरकार चलाउने आपले बताएको छ । केही महिना अघि दलले एउटा अभियान लञ्च गरेको थियो । यसमा केजरीवाल पक्राउ परेभने जेलबाटै सरकार चलाउन हुन्छ कि हुन्न भनेर जनतासँग राय मागिएको थियो । यसमा जनताले केजरीवाललाई समर्थन गरेका थिए । अदालतले मञ्जुरी दियो भने चाँहि उनले जेलबाटै मन्त्री परिषद्को बैठक बोलाउन र दस्तावेजहरुमा हस्ताक्षर गर्न सक्नेछन् । सम्भावनाकै कुरा गर्ने हो भने युनियन टेरिटरी भएकोले दिल्लीका उपराज्यपालको सिफारिसमा राष्ट्रपतिले केजरीवाललाई पदमुक्त गर्न पनि सक्नेछन् । एजेन्सी