खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



अन्तरविद्यालय हाजिरी जवाफ तथा कविता वाचन प्रतियोगिताको दुवै उपाधी पञ्चायत माविलाई !


 संवाददाता   February 28, 2020   596 जनाले पढ़िसके




पथरी
मोरङ्गको पथरी शनिश्चरे ९ मा रहेको सिंहवाहिनी मावीमा गठित सगरमाथा टिन्स क्लब र नव ज्योती बाल क्लबको संयुक्त आयोजनामा आज अन्तर विद्यालय हाजिरी जवाफ तथा कविता बाचन प्रतियोगिता आयोजना भएको छ। नगर भित्रका ७ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा हाजिरी जवाफ तथा कविता प्रतियोगिता दुवैको प्रथम पुरस्कार पथरी शनिश्चरे १ को पञ्चायत मावीले जितेको छ।
कबिता प्रतियोगीतामा पञ्चायत माविका प्रज्ञान ढुंगाना प्रथम भएका छन भने सिंहवाहिनी मावीबाट लक्ष्मी राईले दोश्रो स्थान हासिल गरिन। यस्तै कविता तर्फको तेस्रो पुरस्कार जनता मावीका मुरारी खनालले प्राप्त गरेका छन । हाजिरी जवाफ तर्फ पञ्चायत मावीले प्रथम स्थान हासिल गर्दा सिंहवाहिनी मावी र बुद्द मावीले क्रमश दोश्रो र तेश्रो स्थान हासिल गरे।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टंक भण्डारिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वोल्दै भण्डारीले विद्यार्थीहरुका लागि यश किसिमका कार्यक्रमले बौद्धिक क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्ने चर्चा गर्नु भयो।
कार्यक्रम विद्यालयमा गठित सगरमाथा टिन्स क्लबका अध्यक्ष अभिषेक दङ्गालको सभापतित्वमा सम्पन्न भएको थियो। प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका सिंहवाहिनी मावी, अमरसिंह मावी, दुर्गा मावी ,पञ्चायत मावी ,जनता मावी ,सुनाखरी मावी र बुद्द मावीको सहभागिता रहेको थियो।