खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



खेन्पो आचार्य धर्मगुरु थुपतेन साङ्गपोको बौद्ध धार्मिक परम्परा अनुसार गरीयो अन्त्येस्टि


 संवाददाता   February 22, 2024   54 जनाले पढ़िसके




१० फाल्गुन २०८०, बिहिबार
उर्लाबारी- मोरंगको पथरीशनिश्चरे जय चौक स्थित बौद्ध दाहसस्कार स्थलमा आचार्य गुरु खेन्पो थुपतेन साङ्गपोको पार्थिव शरीरलाई बौद्ध धार्मिक परम्परा र रिति अनुसार अन्तिम दाहसस्कार गरिएको छ।

आचार्य धर्मगुरु ‘खेन्पो थुप्तेन साङ्गपोको उपचारको क्रममा मंगलाबार बेलुका बिराटनगर स्थित नोवेल मेडिकल अस्पतालमा निधन भएको हो।
भारतको अरुणाअञ्चल राज्यमा जन्मभई विगत लामो समयदेखि मोरङको उर्लाबारीमा रहेको नेपाल वौद्ध गुम्बामा वहा धर्मका प्रचारकको रुपमा रहनुभएको थियो साथै वहाले झापा, मोरङ, सुनसरी क्षेत्र लगायत नेपालभर रहेका महायान बौद्ध धर्मलम्बीहरुलाई बोधिसत्त्व सुत्रयान,
बोधिसत्त्व तन्त्रयान तीन बह्यतन्त्र क्रिया, उभय, योग बुद्ध धर्म भनेको केहो, बौद्ध धर्मलाई कसरी पालान गर्नु पर्छ, पञ्चशिल,अश्टशिलको बारेमा बिशेष ज्ञान र उपदेश दिनु भएको थियो साथै वहाँ लामा ज्योतिषे विद्यामा समेत अब्बल मानिन्थे।
वहाको अन्तिम बिदाईका धार्मिक कार्यमा ८ औ औतारी (निमा साङ्ग्पो ज्याल्सा रिन्पोर्छे) स्वयम् आउनु भई लामा बिधि र सस्कार अनुसार मोलम पाठ गर्नु भएको थियो भने सो भेग संगै टाडाबाट हजारौ स्रद्धालु भक्तजनहरुले धर्म गुरु आचार्य ‘खेन्पो थुप्तेन साङ्गपोको दाहसस्कार स्थलमा आएर अन्तिम स्राद्दंजलि प्रदान गरेका थिए। साथै वहाँले धार्मिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउनु भएको थियो वहाँको असामयिक् निधनले बिशेषगरि बौद्ध मार्गीहरुमा ठुलो क्षति पुग्न गएको लामा गुरु र वहाका अनुयायीहरु बताउनु भयो !
आचार्य खेन्पो अविवाहित हुनुहुन्थ्यो। वहाको घेवा, सुध्धाई कार्यक्रम ४९ औ दिनको पुण्य तिथिमा गरिने नेपाल वौद्ध गुम्बाका प्रमुख लामा महेन्द्र जंग योञ्जनले बताए।