खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बालगृहका बालबालिकालाई खाना ख्वाएर जन्मदिन, भन्छन् ‘धन हैन मन चाहिन्छ’


 संवाददाता   February 20, 2020   393 जनाले पढ़िसके




बालगृहका बालबालिकालाई खाना ख्वाएर जन्मदिन, भन्छन् ‘धन हैन मन चाहिन्छ’
पथरीशनिश्चरे वडा नं १० का एक युवाले आफ्नो जन्मदिनका अवसरमा बालगृहका बालबालिकालाई खाना ख्वाएका छन् । जिरिखिम्ती निवासी हरी निरौलाले बुधबार आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई खाना ख्वाएका हुन् ।


उर्लाबारी ७ को नमुना बालगृहमा पुगेर त्यहाँका ४६ बालबालिकालाई खाना ख्वाएर उनले आफ्नो जन्मदिन मनाएका हुन् । केही साथीभाइसँग त्यहाँ पुगेका उनले आश्रमकी सञ्चालीका मिना बरालसँग भेटेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिएका थिए । जानकारी दिँदै बरालले विभिन्न चुनौति पार लगाउँदै र सहयोगिहरुको भरमा सो बालगृह चलाउँदै आएको बताइन् ।


खाना ख्वाइसकेपछि निरौलाले यस्ता कार्यमा धन मात्र भएर नहुने र मन पनि हुनुपर्ने बताए । अनावश्यक खर्च गरेर जन्मदिन मनाउने शैलीलाई हटाउँदै यस्ता कार्यहरु गर्न सके युवाहरुलाई समाजले विश्वास गर्ने उनले बताए । उनको यस्तै सहयोगि बानीका कारण स्थानीयमाझ सबैको प्रिय छन् ।