खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



राम लिम्बु बने द भ्वाइस अफ नेपाल सिजन २ को बिजेता !


 संवाददाता   December 7, 2019   558 जनाले पढ़िसके




काठमाडौं अनुप योन्जन लामा

द भ्वाइस अफ नेपाल दोश्रो सिजनको बिजेताको उपाधी झापाका राम लिम्बुले जित्न सफल भएका छन । करिब मध्ये रात अर्थात ११:०४ मा घोषणा गरिएको नतिजामा उनि बिजेताको भागेदार भएका हुन् । उनले उपाधी चुमे संगै डाटसन रेडि गो कार, १२ लाख नगद पुरस्कार, १५ लाख बराबरको भिडियो एल्बम र विश्व साङगितिक भ्रमणको अवसर पाएका छन्
ग्राण्ड फिनाले हिमालयन टिभि र भ्वाईस अफ नेपालको अफिसियल युट्युब च्यानलबाट लाईभ गरिएको थियो । अब छिट्टै सुरु हुने साङितिक विश्व भ्रमणमा बिजेता बनेका राम संगै यी ३ उप-बिजेता र लाईभ राउन्डमा पुगेका अन्य ८ प्रतिष्पर्धी पनि निस्कने छन् ।
गएको केही महिना देखि सुरु भएको भ्वाईस अफ नेपाल सिजन २ को पहिलो अडिसन ‘डिजिटल अडिशन’ मा दुई हजार दुई सय सहभागी भएका थिए । जसबाट ११० प्रतिस्पर्धी छनोट भएका थिए भने ब्लाइन्ड अडिशनमा २२ हजारले सहभागिताका लागि आवेदन दिएका थिए । पहिलो सिजनमा जम्मा १२ हजार सहभागी भएका थिए । ग्राण्ड फिनालेको नतिजा घोषणा गर्नेबेला युट्युबमा लाईभ हेर्नेको संख्या १ लाख ४० हजार भन्दा बढि पुगेको थियो ।