खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



डियर कम्रेडलाई गृहस्थी बसाउन चाहन्छन् विजय देवरकोंडा


 संवाददाता   March 31, 2024   129 जनाले पढ़िसके




नयाँ दिल्ली । रश्मिका मन्डन्नासँग डेटिङ गरिरहेको खबरबिच विजय देवरकोंडा विवाहको योजनामा छन् । उनले छिट्टै बिहे गर्ने र पिता बन्ने इच्छा पनि व्यक्त गरेका छन् ।

प्रेम विवाह गर्नेछन् विजयले

आगामी फिल्म ‘फेमिली स्टार’को प्रमोशनका क्रममा विजयलाई छिट्टै बिहे गर्न तयार छौँ रु सोधिएको थियो । यसको उत्तरमा विजयले भनेका थिए, ‘म पनि बिहे गरेर बाबु बन्न चाहन्छु ।’ न्युज १८ का अनुसार विजयले प्रेम विवाह मात्रै गर्ने पुष्टि गरेका छन् । तर यो विवाह पनि उनको मातापिताले अनुमति दिएपछि मात्रै हुने बताइएको छ ।

विजय र अभिनेत्री रश्मिका मन्डन्नाबिच डेटिङ चलिरहेको हल्ला सुन्नमा आएको धेरै भयो । दुवै लामो समयदेखि प्रेम सम्बन्धमा रहेको खबरहरू बाहिर आएको छ । तर, दुवैले यसबारे खुलेर बोलेका छैनन् । केही समय अघि एक अन्तर्वार्तामा विजयलाई उनको प्रेम सम्बन्धबारे सोध्दा उनले हो वा होइन केही पनि भनेका थिएनन् ।

गीता गोविन्दमको सेटमा बढेको थियो निकटता

रिपोर्टका अनुसार गीता गोविन्दम फिल्ममा सँगै काम गरेपछि विजय र रश्मिकाबिच निकटता बढेको हो । दुवै जना फिल्म डियर कम्रेडमा पनि देखिए । यो वर्षको सुरुतिर विजय र रश्मिका मगनीको तयारीमा रहेको खबर आएको थियो । तर यसको अहिलेसम्म पुष्टि भएको छैन ।

‘पुष्पा २’को सुटिङमा व्यस्त छिन् रश्मिका

विजय आगामी दिनमा फिल्म ‘फेमिली स्टार’मा देखिँदैछन् । रश्मिका भने पुष्प २ मा देखिनेछिन् । फिल्ममा उनीसँगै अल्लु अर्जुन, साई पल्लवी र विजय सेतुपतिको पनि अभिनय हेर्न पाइनेछ । अहिले रश्मिका यही फिल्मको सुटिङमा व्यस्त छिन् ।