खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



आज ४० औं विश्व पर्यटन दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै


 संवाददाता   September 27, 2019   805 जनाले पढ़िसके




असोज १०, २०७६
आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईँदैछ।
४० औं पर्यटन दिवसको नारा ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ भन्ने तय गरिएको छ । दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड तथा विभिन्न संघ संस्थाको सहकार्यमा कार्यक्रमहरुको आयोजना गरिएको छ। दिवसको अवसरमा विभिन्न नाकाहरुबाट भित्रिने पर्यटकलाई विशेष स्वागत गर्ने कार्यक्रम राखिएको छ।
सो अवसरमा पयटन मन्त्री योगेश भट्टराईले शुभकामना व्यक्त गरेका छन्, उनले शुभकामना दिँदै पर्यटन क्षेत्रलाई उच्च महत्व दिने नीति अनुरूप नेपाल सरकारले पर्यटनका नविनतम गन्तव्यहरुको पहिचान, पूर्वाधार विकासका साथै स्थापित गन्तव्यहरूको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गर्ने बताए।
त्यस्तै आगमी दिनमा जनता एवं सरोकार समुदायका सुझाव एवं विज्ञहरूको अध्ययन तथा सिफारिसका आधारमा नवप्रवर्धन र विकास सम्बन्धी योजना र कार्यक्रमहरूलाई तिब्रता दिइने प्रतिवद्धता प्रकट गरेका छन्।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, मुख्यरुपमा पर्यटक भित्रिने नाकाहरु, काँकडभिट्टा तथा कञ्चनपुरको गड्डाचौकीलगायतका ठाउँमा पर्यटकलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ।
त्यसैगरी होटेल तथा हवाई उडानमा पर्यटकहरुलाई विशेष छुट दिइने कार्यक्रम छ। नारायणहिटी क्षेत्रमा निर्मित गणतन्त्र पार्कमा पर्यटन दिवससम्बन्धी विशेष कार्यक्रम आयोजना गरिएको छ।
त्यस्तै पर्यटन दिवसको विश्वव्यापी नाराबारे अन्तक्र्रिया तथा विभिन्न खेलकुद र ¥यालीको आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।