खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सहकारी ठगी प्रकरणमा मेरो नाम बाहेक केही छैन:गृहमन्त्री रवि लामिछाने


 संवाददाता   March 27, 2024   167 जनाले पढ़िसके




काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफु संलग्न नरहेको दाबी गरेका छन् ।

 

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले सहकारी ठगीको विषयमा आवाज उठाएपछि गृहमन्त्री लामिछानेले त्यसमा आफ्नो नाम मात्र रहेको दाबी गरे ।

 

उनले भने, ‘सहकारी ठगी प्रकरणमा मेरो नाम बाहेक केही छैन । हस्ताक्षर छैन । ल्याप्चे छैन । सामान्य केवाईसी पनि भरिएको छैन । न निवदेन दिएको छु । त्यो मुद्दा अदालतमा दर्ता भएको छ तर मेरो नाम छैन । म प्रतिवादी छैन । वादीहरुले आफ्नो वयानमा पनि मेरो नाम लिएका छैनन् ।’

 

आफ्नो दल सरकारमा सहभागी हुनुभन्दा धेरै अघि सहकारी ठगी मुद्दा दर्ता भएकाले यो प्रकरणमा अनुसन्धानका लागि आफु सधैं तयार रहेको उनको भनाइ थियो ।