खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरीशनिश्चरेको किर्तिपूरमा अस्थायी प्रहरी पोष्ट स्थापना


 संवाददाता   February 28, 2024   120 जनाले पढ़िसके




१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024
पथरी – मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ किर्तिपूरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ।
उक्त अस्थायी प्रहरी पोष्टलाई पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन प्रसाद तुम्बापो र मोरङ जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी नवराज कार्कीको हातबाट समुद्घाटन गरीएको हो।
२०३६ सालदेखि स्थानीय जनताहरूले शान्ति सुरक्षा कायम राख्न प्रहरी चौकीको स्थापना गर्न अनुरोध गर्दै आईरहदा बल्ल ४४ बर्ष पछि पहिलो पटक किर्तिपूर बजारमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको हो । सो समारोहको अध्यक्षता वडा नं ७ का वडा अध्यक्ष उद्दबराज बस्नेतले गरेका थिए भने प्रमुख अतिथि नगरप्रमुख मोहन प्रसाद तुम्बापो, विशिष्ट अतिथिहरूमा मोरङ जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी नवराज कार्की र इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेका डिएसपी गणेश बहादुर श्रेष्ठले गर्नुभएको थियो, त्यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष लोक किरण न्यौपानेले कार्यक्रमको सञ्चालन गरेका थिए भने अन्य अथितिहरूमा बिभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, पत्रकार, सर्वसाधारणहरूको उपस्थिति जनाएको थियो।
कार्यालयमा प्रहरी प्रमुखहरू संग वडा प्रतिनिधिहरू र स्थानीय जनताहरू बिच स्थानीय क्षेत्रको शान्ति सुरक्षाको बारेमा छलफल समेत चलेको थियो। अस्थायी प्रहरी पोष्टमा असईको कमान्डमा हुनेछ उक्त टोलीमा असई रामदेव मेहेता, प्रहरी वरिष्ठ हवल्दार भुपराज खड्का र प्रहरी सहायक हवल्दार नरेन्द्र बिष्ट र अर्जुन तुम्बाफे, प्रहरी जवान प्रकाश मादेनको दरबन्दी रहेको बुझिएको छ ।