खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सरकारले भाटभटेनी सुपरमार्केटलाई ३ लाख ज’रिबाना गर्‍यो,


 संवाददाता   April 27, 2020   913 जनाले पढ़िसके




काठमान्डौ ,
१५ बैशाख २०७७
भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तुको मूल्य तो’किएको भन्दा धेरै लिएको भन्दै सरकारले ज’रिबाना गरेको छ। बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीलले तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको पाइएको थियो। विभागले भाटभटेनीलाई ३ लाख ज’रिबाना गरिएको जानकारी दिएको छ। लकडाउनको समयमा बजारमा अधिक मूल्यमा उपभोग्य सामग्री बिक्रीवितरण हुनसक्ने भन्दै विभागले बजारअनुगमन जा’री राखेको छ। उपभोग्य वस्तुको कारोबार हुने बजार तथा पसलमा अनुगमनलाई ती’व्रता दिइएको विभागले जानकारी दिएको छ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार भाटभटेनी सुपरमार्केट टंगालले उपभाेग्य सामानमा एम.आर.पी. भन्दा वढीमूल्य लिइ बिक्रीगरेकाे पाइएकाले उपभोक्ता सं’रक्षण ऐ’न २०७५को१६(२)(क)बमाेजिम काम गरेकोले३८(ङ) काे क’सुरमा ३९ (१)(ख) वमोजिम रु ३ लाख ज’रिवाना गरिएको हो ।
इसिधाकुरा !