खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



ज्वरो नाप्ने थर्मलगन कालो’बजारी गरेको आरोपमा,जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ !


 संवाददाता   April 7, 2020   782 जनाले पढ़िसके




चैत्र २५, २०७६

उनले प्रयोग गरिरहेको कूटनीतिक नियोगको नम्बर प्लेट गाडी पनि अवैध रहेको भेटिएको छ ।
काठमाडौँ — ‘तपाईंसँग ज्वरो नाप्‍ने थर्मल गन छ भन्ने सुन्यौं, हामीलाई चाहिएको छ, १ सय थान जति मिलाइदिनु पर्‍यो,’ शनिबार सुलभ अग्रवालसँग एक अपरिचित व्यक्तिले फोन गरे ।

त्यसपछि सुलभले फोन गर्ने ग्राहकलाई हुन्छ, प्रतिपिस १६ हजार पर्छ भने। ग्राहकले त्यत्रो त महंगो भयो, अलि मिलाइदिनुस् भन्दै आग्रह गरे। त्यसपछि सुलभले १५ हजारमा कुरा मिलाए। ती ग्राहक एक्लैले सय सिप थर्मल गन मागेपछि त्यसको जोहो गर्दै सुलभले मंगलबार बिहान उपलव्ध गराउने वचन दिए। तर ग्राहकले एकमुष्ट पैसा छैन भनेपछि सुलभले जति पैसा छ, त्यतिको मात्रै लैजानुस भनेपछि ग्राहकले १० लाख रुपैयाँ जोहो गरे।

सुलभले मंगलबार बिहान नक्सालमा सामान लिन ग्राहकलाई बोलाए। पहिले भएको कुराकानी बमोजिम नै ग्राहक उनलाई भेट्न नक्साल गए। सुलभ कूटनीतिक नियोग तथा राजदूतावासले प्रयोग गर्ने २०९ एचसीसी–१ नम्बर प्लेटको गाडीमा भेटिए। ग्राहकले फोन गरेर उनको गाडी नजिकै गए। सामान निकालेर १० लाख रुपैयाँ बुझाउन नपाउँदै सुलभलाई ती ग्राहकले नियन्त्रणमा लिए।

आफू प्रतिष्ठित उद्योगपति रहेको भन्दै पक्राउ नगर्न सुलभले आग्रह गरेका थिए। उनी शंकर ग्रुपका सञ्चालक पनि हुन्। ‘हामी थर्मल गन किन्ने ग्राहक होइनौं, प्रहरी हौं,’ यति भनेर सुलभलाई प्रहरीले नियन्त्रणमा लियो। अनि मात्रै थाह भयो, थर्मल गन खरिदका लागि ग्राहक बनेर आएका ती व्यक्ति महानगरीय अपराध महाशाखाका प्रहरी अधिकृत थिए।

त्यसपछि हतास देखिएका सुलभले आफूलाई छाड्न बारम्बार आग्रह गरेका थिए। ग्राहक बनेर आएका ती व्यक्तिसँगै छेउछाउमा निगरानी गरेर अन्य प्रहरी पनि खटिएका थिए। हातमा प्रहरीको परिचय पत्र देखाएर सुलभलाई महाशाखाले नियन्त्रणमा लियो। उनलाई गाडीमै हालेर टेकुस्थित कार्यालय पुर्‍याइयो।

अग्रवालले प्रयोग गरिरहेको कूटनीतिक नियोगको नम्बर प्लेट गाडी । यो गाडी पनि अवैध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तस्बिर सौजन्यः नेपाल प्रहरी ।

सुलभ नेपालका लागि किर्गिजस्तानका अवैतनिक दूत समेत हुन्। तर उनले प्रयोग गरिरहेको कूटनीतिक नियोगको नम्बर प्लेट गाडी पनि अवैध रहेको भेटिएको छ। सुलभ पक्राउलगत्तै महाशाखाले अवैतनिक दूतले कूटनीतिक नियोगको गाडी प्रयोग गर्न पाउने/नपाउनेबारे बुझेको थियो। परराष्ट्रले त्यस्तो सुविधा अवैतनिक दूतलाई नरहेको जानकारी गराएको छ। बरामद गाडीबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

महाशाखाका एसएसपी सहकुल थापाका अनुसार गतसाता मात्रै सुलभले चीनबाट थर्मल गन ल्याएका थिए। नेपाल एयरलाइन्सको जहाजमार्फत उनले २० हजार थान थर्मल गन ल्याएका थिए। बजार मूल्य ५ हजारसम्म भए पनि उनले कालोबजारी गरेर प्रतिगोटा १५ देखि २० हजार रुपैयाँसम्म लिएर बेच्ने गरेको खुलेको थापाले बताए। ‘थर्मल गन महँगोमा बिक्री हुँदै छ भन्ने सूचना पाएपछि हामी आफैं ग्राहक बनेर अनुसन्धानमा जुट्यौं,’ थापाले कान्तिपुरसँग भने, ‘डील गर्न देखि सामान लिन जाँदासम्म ३ दिन लाग्यो।’ एकैपटक १ सय थान किन्ने सोचले डिल गरेको तर धेरै डिल गर्दा अनुसन्धानको सुइको पाउने देखेर ६६ थानमात्रै किन्ने गरी अघि बढ्यौं।
इकान्तिपुर बाट