खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरी खानेपानी तथा उपभोक्ता सरसफाई समितिले महसुलमा २५ प्रतिसत छुट दिने


 संवाददाता   March 29, 2020   922 जनाले पढ़िसके




सरोज निरौला
पथरी शनिश्चरे २५ चैत
मोरङको पथरीमा खानेपानी महसुल २५ प्रतीसत छुट हुने भएको छ ।

पथरीशनिश्चरे बजार र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको पथरी खानेपानी तथा उपभोक्ता सरसफाई समितिले लकडाउनमा बसेका उपभोक्तालाई खानेपानी महसुलमा उक्त रकम छुट दिने भएको हो । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसले आम उपभोक्तालाई समेत प्रभावित पारेकाले सङ्कटको समयमा खानेपानी महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव प्रेम प्रसाद दहालले जानकारी दिनुभयो ।

समितिले घर आँगन सफा राख्न, खानेपानी शुद्धीकरण गरेर प्रयोग गर्न उपभोक्ताहरुमा अपिल गरेको छ । समितिले पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर १ वडा नम्बर २ को आधा ३ को विरेन्द« नगर र वडा नं ७ को केहि भाग सहित आसपासका क्षेत्रमा खानेपानी सुविधा दिँदै आएको छ । यस पथरी शनिश्चरे क्षेत्रमा १ हजार ७ सय ८ १ खानेपानी उपभोक्ता रहेका छन ।