खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



अपाङ्गता परिचयपत्र थप व्यवस्थित गर्न छलफल


 संवाददाता   February 27, 2020   190 जनाले पढ़िसके




मोरङको पथरीशनिश्चरे नगरबाट वितरित भइरहेको अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरणलाई थप व्यवस्थित बनाउन वडाध्यक्ष र सचिवहरुसँग समेत अन्तरक्रिया गर्नुपर्ने निर्णय भएको छ ।
नेपाल अपाङ्ग महिला संघको जिल्ला समितिले पथरीशनिश्चरे नगरको अपाङ्गता परिचयपत्र वितरण समितिसँग छलफल गर्दै त्यसलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरेको हो । छलफलमा वडाध्यक्ष र सचिवले अपाङ्गताको ऐन तथा कानून प्रष्ट बुझेर मात्र सिफारिस गर्दा सहज हुने ठहर गर्दै वडाध्यक्ष र सचिवसँग पनि अन्तरक्रिया गरिने निर्णय भएको छ । जसका लागि चैतको दोस्रो साता कार्यक्रम राखिने संघकी अध्यक्ष भीमा खतिवडाले बताइन् ।
छलफलमा, अपाङ्गता भएकाहरुको अवस्थालाई गहन हिसावले केलाउँदै ऐनको परिधीमा रहेर मात्र निक्र्यौलमा पुग्नु पर्ने अवस्था रहेको खतिवडाले चर्चा गरिन् । अपाङ्गताको परिचयपत्र वितरण गर्दा उनीहरुको कठीन अवस्था देखेर भावनामा बहेर वितरण गर्दा कानूनी प्रावधान उल्लंघन हुनसक्ने कुरालाई ध्यान दिनु पर्ने उनले सुनाइन् । विभिन्नखाले बहानावाजी गर्ने र जिद्धी समेत गरेर भत्ता पाउनेखाले परिचयपत्र बनाउने सोचलाई चिर्नुपर्ने बताइन् ।
भत्ता नै पाउनका लागि मात्र परिचयपत्र बनाउने भन्ने सोचलाई चिर्नुपर्छ ।’– उनले भनिन् । साथै अपाङ्गताको अट्टिजम र इन्टलेक्चुयलको प्रकारलाई प्रमाणित गर्ने प्रविधिमा अप्ठेरो भएको र विराटनगरको अस्पतालमा केही मात्रामा सुरु भएको संघकी सचिव मीना आचार्यले कुरा उठाइन् ।
उनले भौगोलिक जटिलता र आर्थिक विपन्नता भएका अपाङ्गताका लागि सरकारले फरक सहयोग पुर्याउने नीति नबनाएपनि पालिकाहरुले थप कार्यक्रममार्फत उनीहरुलाई सहयोग पुर्याउन आवश्यक रहेको उल्लेख गरिन् ।
अधिकारका लागि अभियान सञ्चालन गरिरहेको संघले सहजिकरण गरेको छलफलमा अपाङ्गताको अधिकार स्थापित गर्न आफुहरु लागिरहेको नगर उपप्रमुख एवम् परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट वास्तोलाले वताइन् । उनले परिचयपत्रको प्रक्रियामा आउँदा जाँदा समस्या हुने जटिल अवस्थाका अपाङ्गताभएकाहरुलाई गाडीको समेत व्यवस्था गर्ने गरेको जनाइन् ।
उनले अति अशक्त अपाङ्गताका लागि फागुन २१ गते घर घरमा गएरै उनीहरुलाई परिचयपत्रको सेवा दिने योजना वनाएको जानकारी गराइन् । समितिकी सदस्य सचिव गीता कट्टेल, सदस्य डा. सावन मेहता सहितले छलफलमा समस्या र समाधानका उपायका बारेमा प्रष्ट्याएका थिए । ब्लाष्टखबर