खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेपाल घुम्न आएका महासुर वाग्लेले एक्काइस दिन खटेर डे केयर सेन्टरको लागि किचन निर्माण गरिदिए


 संवाददाता   February 26, 2020   733 जनाले पढ़िसके




 

सुमन कुरुम्बाङ

२०७६ फाल्गुन १४

मोरङ, पथरी शनिश्चरे । बिगत तीन बर्ष देखी भुटानी शरणार्थी क्याम्पका बृद बृदाहरुको लागि डे केयर सेन्टर सन्चालन हुँदै गर्दा आजबाट एक छाक केयर सेन्टरमा नै खानाको ब्यवस्था गर्न किचनको पनि औपचारिक रुपमा उद्घाटन भएको छ ।

गत बर्ष इन्ट्रा नेशनल होम केयर अमेरिकाले यस सेन्टरको लागि भवन पनि बनाए पश्चात बस्नको राम्रो ब्यवस्थापनबाट बृद बृदाहरु धेरै नै खुशी भइरहदा किचन उद्घाटन सँगै अझै उत्साहित देखिन्छन । अमेरिकामा बसोबास गर्दै आएका महासुर वाग्ले नेपाल आउने शिलशिलामा क्याम्पमा अझ पनी बृद बृदाहरुको अवस्था त्यती राम्रो नभएको देखे पश्चात आफुलाई केही गर्ने कर्तब्य बोध भइकन एक्काइस दिन सम्म आफु स्वयम नै लागेर करिब पाच लाखको लागतमा निर्माण गरेको सन्चालक समितिको सदस्य राम बानियाले जानकारी दिनु भएको छ । सम्पूर्ण सेन्टरको बृद बृदाहरुको उपस्तिथिमा प्रमुख अतिथी पथरी शनिश्चरे वडा नम्बर -१० को वडा सदस्य मैना कुमारी फुयालको हातबाट रिबन काट्दै खिर र रोटी बृद बृदाहरुलाई खुवाउदै कार्यक्रम उद्घाटन गरिएको थियो । क्याम्प सचिब चम्फासिङ राइको सभापतित्वमा सम्पन्न कार्यक्रममा किचन निर्माणदाता महासुर वाग्लेले यस कार्यबाट आफु निकै खुशी भएको र आउने दिनमा अझ केही गर्ने चाहान रहेको र अन्य बिभिन्न मुलुकमा भएको भुटानी समुदायहरुलाई यस कार्यमा हातेमालो गर्न आग्रह पनि गरेका छन ।