खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



शान्तिको कामना सहित झापामा पवित्र महासभा हुदै


 संवाददाता   February 19, 2020   383 जनाले पढ़िसके




२०७६ फागुण ७ गते वुधवार
दमक झापा
सम्पुर्ण नेपाली ख्रिष्टीयन समाजहरुको प्रार्थना , मेलमिलाप तथा एकता अभियान को सक्रियतामा दमक बजार स्थितको पाथीभरा होटल एण्ड पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी ” राष्ट्रको लागि शान्तिको प्रार्थना पवित्र महासभा २०७६” कार्यक्रम हुने जानकारी गराईएको छ।
कार्यक्रम को मुख्य आयोजक स्थानिय झापा जिल्ला इसाई समाज छ भने सह आयोजकमा वि. नि. प्र. प्र. सेवाकाई नेपाल, स्वतन्त्र विश्वब्यापी मण्डली र इसाई नारी पुरुष एकता प्रार्थना समूह रहेका छन्।

भ्रमण बर्ष २०२० लाई समेत लक्षित गरि देशमा रहेको ब्याप्त बिकृति विसंगति हत्या,हिशां बलत्कार, भ्रष्टाचार र दैविक प्रकोपहरु जस्ता विभिन्न विपत्ति हरु निराकरणका लागी शान्तिको कामना सहित राष्ट्रको लागि शान्तिको पवित्र महासभा आयोजना गरिएको आयोजक झापा जिल्ला इसाई समाजका अध्यक्ष पाष्टर अमर दिप आले ले पत्रकार सम्मेलनमा बताउनु भयो।

नेपालमा विश्व बाट आउँने पर्यटक हरु लाई भ्रमण बर्ष २०२० को सफलताको कामना गर्दै नेपाल एक सुरक्षित गन्तव्य र शान्तिको मुलुक भएको शन्देश प्रवाह गर्दै आध्यात्मिक ईश्वरीय प्रार्थना द्वारा देशमा शान्तिको दिगो कामना गर्नु नै कार्यक्रम को मुल उदेश्य रहेको बताईएको छ।
समाजमा धार्मिक सद्भाव ,परस्पर एकता ,भाईचारा लाई कायम राख्दै राष्ट्रको परिचयलाई विश्वमा कायम गराउन तमाम विकृति बिसंगति तथा आत्मिकी र  शारीरिक अस्वस्थता विरुद्ध प्रदेश नम्वर १ का १४ वटै जिल्लाहरु बाट उपस्थित सम्पुर्ण रोगी विरामीहरुको चंगाई र छुटकाराको लागि समेत अन्तरास्ट्रिय वक्ता रेभरेण्ड डाक्टर चेत बहादुर खरेल बाट विशेष प्रार्थना को आयोजना गरिएको विज्ञप्ति मा उल्लेख गरिएको छ।
फागुण ७ गते सिन भिलेज पार्टी प्यालेस पथरीमा वक्ता रेभरेण्ड ध्रुब शिष्य भारत, रेभरेण्ड दानियल सुब्बा सुनसरी ईटहरी रेभरेण्ड राजु वराईली हङकङ र रेभ. डाक्टर चेत बहादुर खरेल ले संयुक्त रुपमा प्रार्थना ,मेलमिलाप, एकता र अभियानको बारेमा पवित्र धर्म शास्त्र बाईवलको वचन बाट १ दिने सम्मेल को आयोजना गरिएको छ भने फागुण ८ गते झापाको कमल गाउँपालिका वार्ड नम्वर ५ आदिवासी रंगशाला पाडाजुङी मा भब्य राष्ट्रको लागि शान्तिको प्रार्थना पवित्र महासभा २०७६ कार्यक्रम को आयोजना गरिएको कुरा पत्रकार सम्मेलनमा झापा इसाई समाज द्वारा जानकारी दिएको छ।