खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



संखुवासभामा तीन फिटसम्म हिउँ जम्यो


 संवाददाता   January 5, 2020   341 जनाले पढ़िसके




संखुवासभामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । शुक्रबारदेखि परेको भारी हिमपातले जिल्लाका किमाथांका, गुफापोखरी, टुटेदेउराली, सभापोखरी, मादीलगायत क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । उक्त क्षेत्रमा तीन फिटसम्म हिउँ जम्दा पिउनेपानीको समस्या भएको छ । चिसोका कारण बालबालिका, बिरामी तथा वृद्धवृद्धा बढी प्रभावित बनेका हुन् ।