खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चिकित्सक नहुँदा इलाम अस्पतालको सेवा प्रभावित


 संवाददाता   January 1, 2020   357 जनाले पढ़िसके




पहाडी जिल्लाका लागि भौतिक पूर्वाधारले व्यवस्थित मानिने इलाम अस्पतालमा चिकित्सक नहुँदा बिरामीहरुले सास्ती भोग्नु परेको छ । ५० शैयाको उक्त अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा र भएका मेसिनहरुपनि बिग्रिरहँदा इलामबासीहरु झापाका महँगा अस्पतालमा जान बाध्य छन् ।
इलाम गोदबाट माई भगवती बृद्धाश्रमका बिरामी लिएर आएका राजेन्द्र अधिकारीले बिरामीको एक्स–रे क्लिनिकमा गर्नुपरेको गुनासो गरे ।
सरकारले इलाम अस्पताललाई ५० शैयाको बनाएको थियो, भने आठ विशेषज्ञ डाक्टरसहित १४ जना डाक्टरको दरबन्दी तोकेको थियो । तर, अहिले अस्पतालमा पाँज जना विशेषज्ञ डाक्टर, ३ जना मेडिकल सुपरिटेन्डेन्ट र २ जना डेन्टल सर्जर मात्र छन् ।
इलाम अस्पतालमा दैनिक १५० जना भन्दा धेरै बिरामी आउने गरेका छन् । चिकित्सकलाई बिरामीको चेकजाँच गर्न हम्मेहम्मे पर्छ । साथै, अस्पतालमा भएका सीमित मेसिनहरु मात्रै भएका कारण अस्पतालको सेवा प्रभावित हुने गरेको इलाम अस्पतालका सूचना अधिकारी कुल प्रसाद देवानले बताए ।
पछिल्लो समयमा पाँचथर र ताप्लेजुङ्गका अस्पतालमा उपचार हुन नसकेका बिरामीको रिफर सेन्टर बन्दै गएको यस अस्पतालमा विशेषज्ञ डाक्टर नभएकै कारण दोहोरो समस्या हुने गरेको छ ।