खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सूर्य ग्रहणको समयमा हुने घटना र गर्न नहुने


 संवाददाता   December 26, 2019   573 जनाले पढ़िसके




सूर्यबाट हानिकारक विकिरणहरु अत्यधिक मात्रामा उत्सर्जित हुन्छन् । त्यसैले ग्रहणको समयमा नाङ्गो आँखाबाट सूर्यलाई हेर्नु हुँदैन । पराबैजनीलगायत हानिकारक विकिरणहरु छेक्ने विशेष प्रकारको चस्मा लगाएर मात्र सूर्य ग्रहण हेर्न सकिन्छ । हानिकारक विकिरण आँखामा परेमा ज्योति गुम्ने सम्मको जोखिम हुन्छ ।
सूर्यको प्रकाश केही मधुरो हुने र हावाको तापक्रम केही मात्रामा (अधिकतम ३ डिग्रीसम्म) घट्न सक्छ । त्यस्तै गरी हावाको बहावमा केही बदलाव आउन सक्छ । तर, यसले जनजीवनमा उल्लेख्य असर गर्दैन । जनावरहरुको गतिविधि एवं व्यवहारमा केही फरकपना आउन भने सक्छ ।
सोलार तथा हावाको ऊर्जा प्रयोग गरी बनाइएको विद्युत गृहबाट उत्पादन हुने बिजुलीमा केही कमी आउन सक्छ ।
अन्धविश्वासहरु
ग्रहणले मान्छेको मृत्यु हुने, फसलमा क्षति पुग्ने तथा प्राकृतिक प्रकोप हुनेजस्ता विश्वासहरु अन्धविश्वासभन्दा बढी केही होइनन् । किनकि, यस्ता विश्वासहरुमा विज्ञानसम्मत कुनै कारण भेटिन्न ।
ग्रहणको समयमा गर्भवति महिला तथा गर्भ्भित्रको बच्चामा खतरनाक असर हुन्छ भन्ने कुरा पनि अन्धविश्वास मात्र हो । ग्रहणको समयमा सूर्यलाई नाङ्गो आँखाले नहेर्ने हो भने गर्भवति आमाहरु पनि अन्य मानिसहरु सरह निर्वाध रुपले हिँड्डुल गर्न सकिन्छ । उनीहरु भयभित हुनुपर्ने कुनै कारण छैन ।
सूर्यग्रहणले मानव व्यवहारमा नकारात्मक असर पर्छ भन्ने कुरा पनि अन्धविश्वास हो । यस्तो कुराको कुनै विज्ञान सम्मत प्रमाण छैन । त्यस्तै गरी ग्रहणले मानव स्वास्थ्य तथा पर्यावरणमा नकारात्मक असर गर्छ भन्नेजस्ता सबै कुराहरु अन्धविश्वास मात्र हुन् । ग्रहणको यी कुराहरुसँग कुनै नाता भएको विज्ञान सम्मत आधार भेटिन्न ।
सूर्यग्रहणको अवधिभर खाना खानु हुँदैन भन्ने कुरामा पनि कुनै वैज्ञानिक कारण छैन । यो पनि केवल अन्धविश्वास हो ।