खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मिस पथरी शनिश्चरे रिजु भट्टराईले जितिन मिस पूर्वाञ्चल जितिन नगद २ लाख अनी हङ्कङ भ्रमण


 संवाददाता   December 22, 2019   449 जनाले पढ़िसके





मिस पथरी शनिश्चरे २०१९ को बिजेता बन्दै ब्युटी पेजेन्डको यात्रा सुरुवत गरेकी पथरी शनिश्चरे रिजु भट्टराईले हिजो बेलुकी धरानमा सिल्भर इन्टरटेन्ट्मेन्टको आयोजनामा सम्पन्न मिस पूर्वाञ्चलमा पूर्वको बिभिन्न क्षेत्रका एक्काइस प्रतियोगिहरुलाई पछी पार्दै मिस पूर्वाञ्चलको ताज पहिरिन सफल भएकी छिन ।
२०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ, २०१२ मा सुनसरीकी अस्मिता गुरुङ। २०१३ मा सुनसरीकी नेहा बजाज, २०१४ मा मोरङकी नेमिता आङबुहाङ, २०१५ मा मोरङकी प्रियङ्का श्रेष्ठ, २०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु, २०१८ मा झापाकी पूजा श्रेष्ठले उपाधि जितेका थिए ।

http://https://www.youtube.com/watch?v=E1rPH8GB-rk&t=4s
उनलाई यसअघिकी विजेता पूजाले क्राउन पहिरिदिएकी थिइन् । उनले उपाधिसँगै २ लाख रूपैयाँ , हङ्कङ भ्रमण , भेदेटार प्रबर्दन राजदुत लगायत अन्य पुरस्कार हात पाइन् । उनले अध्ययनका लागि युएन कलेजको छात्रवृत्ति प्राप्त गरेकी छिन् । प्रतियोगिताको फाइनल पौष ५ गते शनिबार धरानमै आयोजना हुनेछ । उनले उपाधिसँगै मिस पर्सनालिटीको पनि सवटाइटल जितेकी थिइन् । पथरीको पञ्चायत उमाविबाट प्लस गरेकी सङ्गीत, चित्रकला साथै गायनमा रुचि राख्ने गरेको बताउँछिन् ।
त्यस्तै, एन्जल राई फस्टरनर अप बनिन् भने सिमरन लिम्बू फस्टरनरअप बनिन् । प्रमुख निर्णायक दीप श्रेष्ठले सोधेको भिजिट नेपालसम्बन्धी प्रश्नको सटिक जवाफ दिँदै उनीहरूले उपाधि जितेका हुन् । टप १२, टप ५ हुँदै नतिजा घोषणा गरिएको थियो ।
त्यस्तै, एन्जल राई फस्टरनर अप बनिन् भने सिमरन लिम्बू फस्टरनरअप बनिन् । प्रतियोगिताको मिस फोटोजेनिक रेश्मा राई, मिस वेष्ट वर्क सुस्मिता बराइली, मिस मल्टीमिडिया एञ्जल राई, मिस इन्टरएक्चुअल सिमरन लिम्बू, मिस पंचुअल स्वेता पोख्रेल, मिस ट्यालेन्ट अनुपमा बस्नेत, मिस वेष्ट कम्प्लेक्सन विपना तामाङ, मिस फोटोजेनिक एन्जल राई घोषित भए । उनीहरूले नगद १५ हजार पनि पाए । फोटोः हाम्रो कोशी आवाज डटकम