खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



हिमाली भेगमा चिसो बढेपछि मानिस शहर झर्दै, याक र चौँरी भने बचाउनै कठिन


 संवाददाता   December 18, 2019   164 जनाले पढ़िसके




बिबिसि । हिमपातपछि चिसो बढेसँगै हिमाली जिल्लाका जनजीवन कष्टकर बनेपछि त्यहाँका बासिन्दा शहरमा अस्थायी बसाइँ सर्न थालेका छन् ।
चिसोमा डोल्पा, मुस्ताङ, मनाङ, उत्तरी गोरखा र रसुवाका किसानलाई याक, नाक, चौँरी, भेडा र च्याङ्ग्रा बचाउन कठिन हुन थालेको अधिकारीहरूले बताएका छन् ।
गएका वर्षहरूमा ती जिल्लामा चिसोका कारण ठूलो सङ्ख्यामा चौपायाहरू मरेको विवरणहरू आएको थियो ।
यसपटक पनि गोठालाहरूको भरमा रहेको चौपाया बचाउन र्गाहो हुने उत्तरी मुस्ताङ र मनाङका जनप्रतिनिधिहरूले बीबीसी न्यूज नेपालीलाई बताएका छन् ।