खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नागरिकता संशोधन ऐनविरुद्धको आन्दोलन उत्कर्षमा


 संवाददाता   December 17, 2019   393 जनाले पढ़िसके




नागरिकता संशोधन ऐनको विरोधमा भारतका विभिन्न स्थानमा एक सातायता जारी प्रदर्शन उत्कर्षमा पुगेको छ । प्रदर्शन चर्किदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई शान्ति कायम गर्न आग्रह गर्नुभएको छ ।
पूर्वोत्तर भारतबाट सुरु भएको आन्दोलनको अगुवाई पछिल्ला दिन विश्वविद्यालयका विद्यार्थीहरुले गरिरहेका छन् । राजधानी दिल्ली, मुम्बई कोलकत्ता, हैदराबाद लगायतका मुख्य शहरमा हिंसात्मक प्रदर्शन चर्किएको हो । नयाँ कानूनले तीनवटा मुश्लिम बहुल राष्ट्रबाट आई भारतमा बसोबास गर्दै आएका नागरिकलाई नागरिकता प्रदान गर्ने प्रावधान समेटेको छ ।
अहिले चर्किएको आन्दोलन दुई धारमा विभाजित भएको विश्लेषण गरिएको छ । केहीले मुश्लिम विरोधी आन्दोलनका रुपमा यसलाई लिएका छन् भने केहीले सीमा क्षेत्रमा आप्रबासी भित्रने डरले पनि आन्दोलनमा ऐक्यवद्धता जनाएको ठानिएको छ । प्रदर्शनका कारण हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।