खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



तथ्याङ्कविहिन सरकार


 संवाददाता   December 14, 2019   168 जनाले पढ़िसके




सरकारले चालु आर्थिक वर्षमा ५ लाख युवालाई रोजगारी दिने भनिएपनि लक्षित वर्गलाई समेट्न सकेको छैन । कति युवा रोजगारमा संलग्न भए भन्ने यकिन तथ्याङक समेत नभएको श्रम विभागले स्वीकार गरेको छ ।
विभागका महानिर्देशक सनत केसीले भन्नुभयो, हामीले त्यस्तो कुनै तथ्याङ्क विश्लेषण गरेका छैन, रोजगारीको कति अवसर सिर्जना भयो भन्ने तथ्याङ्क अहिले हामीसँग छैन । समग्र श्रम बजारको ७० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको नीजि क्षेत्रमा संमेत रोजगारी सम्वन्धी यकिन तथ्याङ्क छैन ।
करिब साढे २ लाखको हाराहारीमा रोजगारी सिर्जना हुने आंकलन भएपनि त्यसको यकिन तथ्याङ्क नभएको नेपाल उद्योग महासंघ अन्तर्गतको रोजगारदाता परिषदका सहसभापति भरत आचार्यले बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका अनुसार श्रम बजारमा वार्षिक ५ लाख बेरोजगार थपिन्छन् । श्रम बजारमा प्रवेश गर्ने युवामध्ये धेरैजसो वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
सरकारले दुई वर्षयता युवाहरुलाई वैदेशिक रोजगारीमा जानुको साटो मुलुकभित्रै काम गर्न आग्रह गर्दै आएको छ तर श्रम बजारमा थपिने शिक्षित र अशिक्षित युवा कहाँ कति खपत भइरहेका छन् भन्ने तथ्यांक सरकारले संकलन गर्न सकेको छैन ।