खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



साग पुरुष क्रिकेट ः श्रीलंकासँग नेपाल ६ विकेटले पराजित


 संवाददाता   December 3, 2019   279 जनाले पढ़िसके




दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाले १९ ओभर एक बलमा चार विकेट गुमाउँदै पूरा र्गयो । श्रीलंकाका लागि एस असानले अविजित ७२ रन बनाए । त्यस्तै निसान मदुस्काले ४६ रनको योगदान गरे । पी निसंकाले १२ बलमा ३० रन बनाए ।
श्रीलंकाले सुरुवात भने राम्रो गर्न सकेको थिएन । उसले ३६ रन बनाउँदा तीन विकेट गुमाएको थियो । तर त्यसपछि असान र निसानले दरिलो साझेदारी गर्दा नेपालले हार बेर्होयो ।
नेपालका लागि बलिङमा पवन सराफले दुई तथा सुसान भारी र सोमपाल कामीले एक(एक विकेट लिए ।
यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो ।
नेपालका लागि दिपेन्द्र ऐरीले सर्वा्धिक ७२ रन बनाए। उनले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। पवन सर्राफले २२, विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २१(२१ रन तथा आरिफ शेखले १९ रन बनाए।
पारस खड्का मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि आरिफ शेख १९ तथा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए ।
चौथो विकेटको लागि दिपेन्द्र ऐरी र विनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे। ५६ रनको साझेदारी गरेपछि विनोद २१ रन बनाएर आउट भए । पाँचौँ विकेटका लागि दिपेन्द्रले पवनसँग ६२ रनको साझेदारी गरे।
श्रीलंकाको बलिङमा कामिन्दु मेन्डिसले २ विकेट लिए । असिथा फर्नान्डो, कभिस्का अन्जुला र दुभिन्दु तिलकरत्नेले समान १र१ विकेट लिए ।