खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मोरङ प्रहरीले समात्यो ४७ फरार प्रतिवादी


 संवाददाता   November 27, 2019   237 जनाले पढ़िसके




विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु ४६ जनालाई सोमबार र १ जनालाई मंगलबार गरी ४७ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ। तीमध्ये चोरी, लागूऔषध, अंशचलन, सार्वजनिक अपराध, जुवा तथा लुटपाट लगायतका अपराधमा जिल्ला अदालत मोरङबाट कैद तथा जरिवाना सजाय तोकी हालसम्म फरार रहेका ४६ जना प्रतिवादीहरूलाई सोमबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
साथै जबरजस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालत मोरङको २०७५ पुस २६ गतेको फैसलाले २ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी केराबारी गाउँपालिका(९ बस्ने २५ वर्षीय तिलबहादुर श्रेष्ठलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका सबैजनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।