खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बजारको सडक क्षेत्र खाली गरिदै


 संवाददाता   November 21, 2019   865 जनाले पढ़िसके




 

मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा नगर क्षेत्रका बजारको सडक क्षेत्रमा राखिएका पसलहरु हटाएर ट्राफिक व्यवस्थापनको अभियान थालिएको छ ।

नगरपालिका, इलाका प्रहरी पथरी, ट्राफिक प्रहरी र पथरी उध्योग वाणिज्य संघले संयुक्त रूपमा आज वडा नम्वर १ स्थित पथरी बजारको सडक क्षेत्रमा राखिएका पसलहरु हटाउने अभियान सुरु गरेको छ ।

नगर प्रमुख दिलिपकुमार राई, १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन, पथरी उद्योग वाणिज्य संघके अध्यक्ष दीपक बस्नेत, पथरी ट्राफिक प्रहरी कार्यालयका प्रमुख सई मनिराम कोइराला लगायतको टोलीले पार्किन निषेध स्टेन राखेर सडक क्षेत्र खाली गर्ने अभियान सुरु भएको हो । स्टेन राखेसँगै सो स्थानमा सवारी साधन रोक्न र पसल हटाउने अभियान सुरु भएको छ । बिष्ट, बजार लाइन र जाम हुने विभिन्न स्थानमा ३० वटा नो पार्किङ स्टेन राखिएको वडाध्यक्ष एङ्देनले बताउनु भयो ।

पथरीको सडकहरुमा जथाभावी पसल राख्ने, ट्याम्पु, सिटी रिक्साले पसल पसलमै यात्रु चढाउने, ओराल्ने र ब्यापारिक सामान लोड अनलोड गर्नाले ट्राफिक जाम बढ्दै गएको अवस्थामा सडक क्षेत्र खाली गर्ने अभियान अघि बढाएको छ ।

नगरपालिकाले पथरी बजार र सडन नियन्त्रण गर्न वडा अध्यक्ष बाबुराम एङ्देनको संयोजकत्वमा ट्राफिक ब्यबस्थापन समिति गठन गरेको थियो ।

ट्राफिक सचेतनाको लागि स्टेन राखिएको र पार्किङ निषेध क्षेत्रमा सवारी रोके वा पसल राखेमा नगरपालिका, प्रहरी, उद्योग वाणिज्य संघले नियम बनाएर जरिवाना राख्न सकिने ट्राफिक प्रहरी प्रमुख मनिराम कोइरालाले जनाउनु भयो ।