खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



छिन्नमस्तामा वडाध्यक्षका लागि नौ जनाको उम्मेदवारी


 संवाददाता   November 14, 2019   277 जनाले पढ़िसके




सप्तरीको छिन्नमस्ता गाउँपालिका(७ को वडाध्यक्ष पदका लागि नौ जनाको उम्मेदवारी परेको छ। स्थानीय तह उपनिर्वाचनअन्तर्गत आगामी १४ मंसिरमा हुने निर्वाचनका लागि ६ राजनीतिक दल र तीन स्वतन्त्र गरी नौ जनाले उम्मेदवारी दर्ता गरएका हुन्।
वडाध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय समिति प्रमुख भएपछि रिक्त रहेको उक्त पदका लागि नेपाल कम्युनिष्ट पार्टीका अच्छेलाल यादव, नेपाली कांग्रेसका शिवनारायण मण्डल, समाजवादी पार्टीको समेत समर्थनमा राजपाकी प्रमिलादेवी यादवले उम्मेदवारी दिएका छन्। प्रमिला निवर्तमान वडाध्यक्ष तथा जिसस प्रमुख प्रभाकरकी पत्नी हुन्।
वडाध्यक्षको प्रत्याशीको रुपमा राप्रपाका गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीका सकलदेव साह र सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेशकुमार यादवले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, धिरेन्द्रकुमार यादव, नुरहुसन अन्सारी र रञ्जितकुमार यादव गरी तीन जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।
छिन्नमस्तास्थित भूपेन्द्र नारायण संस्कृत मा.वि.मा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार छिन्नमस्ता ७ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा स्थानीय राष्ट्रिय प्रा.वि. मतदान केन्द्रमा क र ख गरी दुई मतदान स्थल तोकिएका छन्।
उपनिर्वाचनमा छ सय ४६ महिला र सात सय ५७ पुरुष गरी कुल एक हजार चार सय तीन मतदाता रहेको कार्यालयले जनाएको छ। २०७४ असोज २ गते सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा उक्त वडामा रहेका एक हजार एक सय ७५ मतदातामा दुई सय २८ मतदाता थपिएपछि एक हजार चार सय तीन मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।