खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चुनावी सरगर्मी, घरदैलो र प्रचारप्रसार तिब्र


 संवाददाता   November 12, 2019   278 जनाले पढ़िसके




उपनिर्वाचनको मिति नजिकिएसँगै जिल्लाहरुमा चुनावी गतिविधी बढेको छ । उम्मेदवारहरु बिहानैदेखि घरदैलो तथा मतदाता भेटघाटमै व्यस्त भएका छन् ।
निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेसँगै उम्मेदवार औपचारिक रुपमा चुनावी प्रचारमा जुटेका हुन । प्रतिनिधी र प्रदेशसभाको हकमा १६ दिन र स्थानीय तहका उम्मेदवारले १० दिन चुनावी प्रचार–पसार गर्न पाउने छन् ।
निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभातर्फ चुनावी प्रतिस्पर्धामा उत्रिएका ६४ जना उम्मेदवारलाई हिजो निर्वाचन चिन्ह प्रदान गरेको छ । दलगत रुपमा उठेका उम्मेदवारलाई दलकै निर्वाचन चिन्ह र स्वतन्त्र उम्मेद्वारको हकमा उनीहरुले रोजे अनुसारको निर्वाचन चिन्ह उपलब्ध गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।