खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सागमा ३ हजार २ सय ९ खेलाडी मैदानमा उत्रने


 संवाददाता   November 10, 2019   331 जनाले पढ़िसके




आगामी १५ मंसिरबाट नेपालमा हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कुल ३२४ स्वर्णका लागि ३ हजार २ सय ९ खेलाडी मैदानमा उत्रने भएका छन् । कुल ११ सय ३५ पदकका लागि यी खेलाडीले प्रतिष्पर्धा गर्ने छन् ।
आयोजक नेपालले कुल २७ खेलमा ३२४ स्वर्ण रहने जनाएको छ । जसमा सात राष्ट्रका खेलाडी मैदानमा हुने छन् । सात राष्ट्र सहभागी बैठकमा नेपालले प्रस्तुत गरेको पदक विवरण अनुसार कुल ३२४ स्वर्ण, ३२४ रजत र ४८७ काँस्य पदक समावेश छ ।
पदक विवरणअनुसार सबै भन्दा धेरै पौडी र एथलेटिक्समा स्वर्णको प्रतिष्पर्धा हुने छ । पौडीतर्फ ३८ र एथ्लेटिक्समा ३६ स्वर्णका लागि भिडन्त हुने छ । त्यस्तै, कराँतेमा १९, सुटिङमा २०, तेक्वान्दोमा २९, भारत्तोलनमा २०, कुस्तीमा २० र उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ ।