खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण सम्पन्न, उतैबाट जापान जाँदै


 संवाददाता   October 20, 2019   259 जनाले पढ़िसके




३ कार्तिक २०७६, आईतवार
राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मामा गर्नुभएको पाँचदिने राजकीय भ्रमण पूरा गर्नुभएको छ । उहाँ गएको असोज २९ गते यहाँ आइपुग्नुभएको हो । उहाँले आइतबारदेखि यही कात्तिक ५ गतेसम्म जापान भ्रमण गर्दै हुनुहुन्छ ।
राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत हुनुहुन्छ ।