खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कांग्रेसका दुई नेतासहित आठजना जुवाडे पक्राउ


 संवाददाता   October 14, 2019   217 जनाले पढ़िसके




असोज २७, २०७६ उदयपुर
नेपाली कांग्रेस उदयपुरका एकजना नेताको घरबाट करिव दुई लाख नगदसहित आठजना जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिकृष्ण केसीका अनुसार घरमै जुवा खेल्दै खेलाउँदै गरेको अवस्थामा यही आइतबार राति उनी पक्राउ परेका हुन।
त्रियुगा नगरपालिका–११ स्थित घरमा जुवा खेलाइरहेको सूचनाको आधारमा घरमुली वसन्तन बस्नेतसहित आठजना पक्राउ परेका हुन्। ‘पक्राउ परेका आठजनामध्ये वसन्त बस्नेत र सुमन्त कोइराला नेपाली कांग्रेसका जिल्ला नेता रहेको खुलेको छ,’ उनले भने, ‘कुन तहको नेता भन्ने जानकारी छैन, तर, उहाँ कांग्रेसको क्षेत्रीय सभापति भएको जानकारी पाइएको छ।’
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार बस्नेत आफ्नो घरमा तास खेलिरहेको अवस्थामा अन्यसहित पक्राउ परेका हुन्। ‘नगद एकलाख ८० हजाुर ७२० रुपैयाँ र तास ३ बुक बरामद भएको छ,’ उनले भने, ‘तास पनि जुवा जस्तै भएकाले पक्राउ गरिएको हो, उनीहरु जुवाडे नै हुन्।’
उनका अनुसार पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० का ४२ वर्षीय दुर्गा श्रेष्ठ, ४० वर्षीया किरण पाण्डे, त्रियुगा नगरपालिका–११ का ४४ वर्षीय सुमन्त कोइराला, ५० वर्षीय वसन्त बस्नेत, ३५ वर्षीय भविन्द्र खत्री, ३५ वर्षीय यलराम कार्की, ४७ वर्षीय बालकृष्ण कार्की र त्रियुगा नगरपालिका–११ कै ४० वर्षीय राजु राउत रहेका छन्।
पक्राउ परेका बस्नेत २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट पराजित उम्मेवार हुन्। कोइराला त्रियुगा नगरपालिका–११ नम्बरमा नेपाली कांग्रेसकै पराजित वडा अध्यक्ष हुन्। थाहाखबरको सहयोग