खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



सरकारसँगको असहमति आन्तरिक मामिला हो, सीलाई अनादर नगरौं ः बाबुराम


 संवाददाता   October 11, 2019   200 जनाले पढ़िसके




२०७६ असोज २४ गते
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको उच्च सम्मान गर्न सबैमा आग्रह गरेका छन् ।
सी भ्रमणको पूर्वसन्ध्यामा पोस्टर च्यात्नेलगायतका गतिविधि भइरहेका छन् । सामाजिक सञ्जालमा पनि भ्रमण विरोधी सामग्री पोस्ट भइरहेका छन् । भट्टराईले अतिथि देवो भवः को नेपाली संस्कार स्मरण गराउँदै सीको अनादर नगर्न सबैसँग आग्रह गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ । दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ ।