खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महराको बयान दशैँपछि मात्र


 संवाददाता   October 7, 2019   274 जनाले पढ़िसके




असोज २०, २०७६ सोमबार
बलात्कार प्रयास गरेको आरोपमा आइतबार पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान दशैँपछि मात्र सुरु हुने भएको छ ।
अहिले सरकारी वकिलको कार्यालयमा दशैँको बिदा रहेको र कार्यालय खुलेपछि मात्रै बयान महानगरीय प्रहरी परिसर,काठमाण्डौका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
सरकारी वकिलको कार्यालयको दशैँ बिदा २६ गतेसम्म छ । त्यस्तै पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा बिदा दिइएको छ ।
महराको बयान प्रहरी परिसर टेकुले नै लिने एसएसपी उत्तमराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार महराविरुद्ध जबरजस्ती करणी उद्योग र महिला हिंसामा मुद्दा चलाइनेछ । मुलुकी अपराध संहिता अनुसार यो आरोप पुष्टि भएमा उहाँलाई तीन वर्ष ६ महिना वा ५ वर्षसम्म कैद हुनेछ ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार साँझ नै प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्ला अदालत काठमाडौले पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले सभामुख निवास वालुवाटारबाटै महरालाई पक्राउ गरेको हो । पक्राउ परेका महरालाई महानगरीय प्रहरी वृत्त, सिंंहदरबारमा राखिएको छ ।