खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



हाम्रो पूर्वाञ्चल गोल्डकप स्थगित


 संवाददाता   September 27, 2019   291 जनाले पढ़िसके




असोज १०, २०७६ इलाम
झापाको डोमलाल राजवंशी रंगशालामा शनिबारबाट सञ्चालन हुने भनिएको हाम्रो पुर्वाञ्चल गोल्डकपको मिति सरेको छ। असोज ११ गतेदेखि १८ गतेसम्म गोल्डकप हुने मिति तय गरेर खेल तालिका सार्वजनिक गरिएको थियो। तर निरन्तरको वर्षाका कारण खेल मैदानमा पानी र हिलो भएपछि निर्धा्रित समयमा प्रतियोगिता गर्न नसकिएको आयोजक जायन स्पोट्स क्लबका प्रवक्ता अविशान राईले बताए।
मैदानको अवलोकनपछि खेल प्राविधिकहरुको निचोड र मौसमविद्को पूर्वानुमानलाई मध्यनजर गरी कात्तिक २ गतेदेखि ९ गतेसम्म अर्को मिति तय गरिएको उनले बताए। उनका अनुसार अर्को मितिका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्राचार गरिएको छ।
कात्तिक २ गतेदेखि अर्को मिति तय भएको खण्डमा थ्रीस्टार क्लब बंगलादेश जाने भएकाले मनाङ मस्र्याङदी क्लब वा सशस्त्र प्रहरी बलको एपीएफ टीम मैदानमा उतार्ने तयारी गरिएको राईले बताए।
प्राविधिकहरुका अनुसार मैदानमा पानी जमेकाले खेल सञ्चालन गर्दा हिलो हुने, खेलाडी लड्न गइ चोटपटक लाग्ने सम्भावना बढी भएकाले पनि खेल स्थगित गरिएको बताइएको छ।
प्रतियोगिताको तयारी पूर्ण अवस्थामा भएर पनि खेल स्थगित गर्नुपर्दा दुःख लागेको राई बताए। तर, कात्तिकमा खेल सञ्चालन गर्दा पनि दर्शक नघट्ने उनको दाबी छ।
आयोजक क्लबका अध्यक्ष भक्त खवासले सबैको विश्वास जितेर तयारी सकिएको अवस्थामा खेल मौसमका कारण रोकिँदा नमज्जा लागेको बताए। अब अर्को मितिमा खेल हुने भएपछि केही आर्थिक क्षति व्यहोरेर भए पनि फेरि तयारी जुट्ने उनको भनाइ छ।
थाहाखबरबाट