तस्बिर: गोम्बो लामा / पिएल टिभी एचडी।
१८ श्रावण २०८१, शुक्रबार
“स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद” भन्ने नारा साथ पथरीशनिश्चरे भित्रको स्कूलका विद्यार्थीहरू बिच संचालित इन्टर स्कूल फ्रेन्डशिप तेक्वान्दो प्रतियोगिताको उपाधि अन्नपूर्ण स्कूलकले जितेको हो।
छ स्वर्ण र छ कांस्य सहित जम्मा १२ पदकका साथ बिजयी भएको हो। चार स्वर्ण एक रजत र एक कांस्य सहित अरूणदय स्कूल दोस्रो स्थानमा रहेको छ। तिन स्वर्ण दुई रजत एक काँस्य सहित भू पू सैनिक तेस्रो भएको छ।
अन्य नतिजा यस प्रकारको रहेकोछ।
४, बाल नमूना २ स्वर्ण ४ रजत ३ काँस्य
५, जुन तारा २ स्वर्ण ३ रजत १ काँस्य
६, भगीरथ १ स्वर्ण ४ रजत १ काँस्य
७, ग्रडग्रेस – ३ रजत ४ काँस्य
८, प्याराडाइज – १ रजत –
९, मेरिगोल्ड – – ४ काँस्य
१०, एभरेष्ट – – ३ काँस्य
११, वाल्मीकि – – ३ काँस्य
१२, रोडस्टर – – १ काँस्य
१३, बलजगत – – –
१४, बाल जागरण – – –
सपोर्ट रिहाबीटेसन सेन्टर, पथरी शनिश्चरे फिट्नेस सेन्टर, लालिगुराँस सप्लायर्स, अरूणदय स्कूल, अन्नपूर्ण स्कूल, बालनमूना मन्दिर स्कूलको सहयोगमा र पथरीशनिश्चरे तेक्वान्दो डोजाङको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अथिति प्रदीप कुमार राई रहेको थियो ।