खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



नेप्से २० अंकले घटेर २६६१ मा झर्दा कारोबार भने साढे १९ अर्ब माथि


 संवाददाता   July 29, 2024   101 जनाले पढ़िसके




१४ श्रावण २०८१, सोमबार
काठमाडौं । साताको पहिलो दिन उच्च अंकले बढेको शेयर बजारमा सोमबार भने करेक्सन आएको छ ।

सोमबार दिनभरको उतार चढावका बीच २० अंक घटेर बन्द भएको हो ।

बजार खुल्ने वित्तिकै बढेर २७३७ को बिन्दुमा पुगेको नेप्से अपरान्ह २६६१ मा बन्द भएको हो । कारोबार रकम भने सोमबार ह्वात्तै बढेर साढे १९ अर्ब माथि पुगेको छ ।

सोमबार ३२५ वटा स्टकको चार करोड ७७ लाख ९० हजार कित्ता शेयर १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरमा खदिर विक्री भएको छ । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये वित्त उपसमूह सर्वाधिक १ दशमलव ८८ प्रतिशतले बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ० दशमलव ८१ प्रतिशतले बढेको छ । अन्य ११ वटा उपसमूहको परिसूचक भने घटेका छन् । घटेका उपसमूह मध्ये व्यापार उपसमूह सर्वाधिक ४ दशमलव ५४ प्रतिशतले घटेको छ ।

घटेको बजारमा नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ७७ प्रतिशतले बढेको छ । तर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८ दशमलव ३५ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सर्वाधिक ६१ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, दोस्रो नम्बरमा कुमारी बैंकको ५५ करोड रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ ।