खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



जनताले विश्वास गरेर जिताएको छ,मलाई रामेछापको विकास कसरी गर्ने भन्ने चिन्ता छ:सांसद कान्छाराम


 संवाददाता   March 29, 2024   180 जनाले पढ़िसके




 

 

 

 

काठमाडौँ । नेपाली काङ्ग्रेस रामेछापका सभापति एवम् प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ(कान्छाराम) ले रामेछापको विकासका लागि आफू चिन्तित रहेको बताएका छन् ।

 

विहिबार साङ्गा छ्योइलिङ गुम्बाद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

 

 

`सबैजनाले विश्वास गरेर जिताउनु भएको छ ।मलाई रामेछापको विकास कसरी गर्ने भन्ने चिन्ता छ`, कान्छारामले भने ।

 

उनले रामेछापको ६४ वटै वडाको प्रत्येक ठाउँ-ठाउँमा बाटो ,खानेपानी र सिँचाइको व्यवस्था गर्न पाए आफू सन्तुष्ट हुने बताए ।

 

 

रामेछापेली जनताका समस्यामा हरेक समय संगै रहेर काम गर्ने उनले बताए । `म हरेक समस्यामा तपाईंहरु संगै रहनेछु । कहिकतै केही आवस्यक परे रात वा दिन जतिखेर पनि मलाई सम्झनुहोला`, कान्छारामले भने ।

 

 

साथै रामेछापमा आफू निर्वाचित भएर आएपछि हालसम्म झन्डै चार अर्व जति रकम प्रदेश र संघ मार्फत विभिन्न विकास निर्माणका कार्यहरू गर्न लगिएको उनले दावी गरे ।