खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरीको अन्नपुर्ण माध्यमिक बिधालयले ३३ औ वार्षिकोत्सव संगै अविभावक दिवश मनाए


 संवाददाता   February 28, 2024   137 जनाले पढ़िसके




१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024
पथरी । मोरङको पथरीशनिश्चरे -१ मा रहेको अन्नपूर्ण माध्यमिक बिधालयले ३३ औ वार्षिकोत्सव संगै अभिभावक दिवस मनाएको छ ।
विभिन्न शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आफ्नो ३३ औं वार्षिकोत्सव मनाएका हुन्।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, विद्यालयका निर्देशक मदन बहादुर थापा मगर, नगरका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शालिग्राम काफ्ले, शिक्षा अधिकृत नवीन खुलाल बुढाथोकी, लगायतले पथरीशनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिप कुमार राई, वर्तमान वडा नं -१ का वडाध्यक्ष भीम कुमार राई, अभिभावक संघका अध्यक्ष हेम श्रेष्ठ, दोसल्ला ओढाई सम्मान पत्र सम्मान गरिएकाे थियाे।

बिधालयका निर्देशक मदनबहादुर थापा मगरको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयमा कार्यरत् शिक्षिका अन्जना घिमिरेलाई नगद १० हजार रुपैयाँ सहित बेष्ट टिचर अवार्डबाट सम्मानित गरिएको थियो साथै विद्यालयमा अध्ययनरत् निश्चल विकलाई ‘बेष्ट सिंगिङ अवार्ड’द्वारा सम्मान गरिएको थियो। विद्यालयले विभिन्न कक्षाका उत्कृष्ट नतिजा हासिल गर्ने छात्र छात्राहरुलाई खादा ,अबिर र प्रमाण पत्र प्रदान गरिएको थियो।
प्रमुख अतिथि समेत रहेका पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, नगरको शिक्षा विभाग प्रमुख शालिग्राम काफ्ले, नगरका पूर्वमेयर दिलिपकुमार राई, १ नं. वडा अध्यक्ष भीमकुमार राई, लगायतले शुभकामना मन्तव्य राखेकाे सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल वीरेन्द्र गुरुङले विद्यालयका वार्षिक शैक्षिक उपलब्धि सहित कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सोहि अवसरमा विद्यार्थीहरुले नृत्य, गीत, प्रहर्शन, उद्घोषण तथा वक्तृत्वकला आदि विभिन्न विधाहरूमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।